ad ad

राजनीति


रास्वपाले बोलायो केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक

रास्वपाले बोलायो केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार १८:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। सोमबार (४ असार) बिहान ७ बजे पार्टी कार्यालय बसुन्धारामा संयुक्त बैठक आह्वान गरिएको प्रवक्ता डा. मुकुल ढकालले नेपालखबरलाई बताए। 

उनका अनुसार आगामी असार ७ गते मनाउन लागिएको पार्टी स्थापना दिवसको तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। 

‘हाम्रो पार्टीको स्थापना दिवस असार ७ गते मनाउँदै छौं,’ प्रवक्ता डा. ढकालले भने, ‘स्थापना दिवसको तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।’

रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना समेत गर्न लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .