राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उनले आफ्नो पार्टी पंक्ती अब देशमा गन्न नसकिने रुपमा अघि बढीसकेको बताए। उनले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनी चुनी कानूनी दायरामा ल्याउनु रहेको बताए।
‘यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ। यो देशलाई श्रोत र साधनको सम्पन्न संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनी चुनी कानूनी दायरामा ल्याउने विचार छ,’ उनले भने।
उनले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पारे।
अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको जिकिर गरे। उनले साना कुराहरूमा पार्टीका अन्य नेताहरू बोल्ने बताए।
‘हामी यो यात्रालाई अविरल अघि बढाउन चाहन्छौँ। नयाँ छौँ थाहा छ, सिक्ने कुरा धेरै छन्। विचार छैन भन्छन्, विचारका बारेमा कुरा पछि गरौँला,’ सभापति लामिछानेले भने।
सभापति लामिछानेले जनताले आफ्नो पार्टीबाट चाहेको पहिलो काम भ्रष्टाचार नियन्त्रण रहेकाले आफूहरु त्यो लक्ष्य प्राप्तिका लागि लडिरहने बताए।
उनले आफ्नो पार्टीमा संलग्न भ्रष्टाचारीहरुलाई पार्टीबाट निस्कासित गरी उनीहरूले जितेका निर्वाचन क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गर्न चुनौति
दिए।
Shares
प्रतिक्रिया