ad ad

राजनीति


प्रधानमन्त्रीलाई कांग्रेस सांसदको चेतावनी - पार्टीको समर्थनमा टिकिरहन्छु भन्ने नसोच्नू

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको चेतावनी - पार्टीको समर्थनमा टिकिरहन्छु भन्ने नसोच्नू

नेपालखबर
असार १, २०८० शुक्रबार १४:४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको समर्थनमा टिकिराख्छु भन्ने नसोच्न चेतावनी दिएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद घिमिरेले प्रधानमन्त्री बनाउन आफूहरुको पनि भूमिका रहेको भन्दै सो भूमिकाको अवमूल्यन नगर्न चेतावनी दिए। उनले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट नआएको बताए।

सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दाकुद्दा जुत्ताको तलुवा खिएपनि 'हात लाग्यो शून्य' भएको उनको भनाइ थियो।

‘तपाईंहरू पनि हामीजस्ता मान्छेहरु चुनाव जितेर आएको हुनाले मन्त्री हुनुभएको हो, प्रधानन्त्री पनि हुनुभएको होला,' उनले भने, 'आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफूमात्रै जितेर आउने सोच पनि त्याग्न म अनुरोध गर्छु।'

अहिलेको सरकारको गठबन्धनको भएको बताउँदै उनले बजेटमाथि आफूहरूको पनि अधिकार रहेको बताए।

सरकारले ल्याएको कानून र बजेट टेबुल ठोकेर पास गर्न, सरकारलाई समर्थन दिन र पचास घण्टा भाषण सुनेर पाँच मिनेट बोल्न मात्रै आफूहरू सांसद नभएको उनको भनाइ थियो।

बजेट विनियोजनमा असमानता भएको भन्दै यस विषयमा पार्टीका नेताहरूलाई किन नबोलेको भनेर प्रश्न पनि गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .