ad ad

राजनीति


जलन उपचार कोष स्थापना हुनुपर्छ : सांसद विन्दवासिनी कंसाकार

जलन उपचार कोष स्थापना हुनुपर्छ : सांसद विन्दवासिनी कंसाकार

नेपालखबर
जेठ ३२, २०८० बिहिबार २१:७, काठमाडौँ

सांसद विन्दवासिनी कंसाकारले जलन उपचारका लागि जलन उपचार कोषको स्थापना गर्न सरकारसँग माग गरेकी छिन्।

प्रतिनिधिसभाको .बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयअन्तर्गत सुझाव प्रस्तुत गर्दै उहाँले जलनको विकराल समस्यालाई मध्यनजर गर्दै अन्य रोगको उपचारसरह जलन उपचार कोषको स्थापना गनुपर्ने बताएकी हुन्।

‘किन जलन उपचारलाई अरु रोगसरह उपचार कोष दिइँदैन?’, उनले भनिन्, ‘मैले आफूले तेजाब जलनको अनुभव गरेको छु। मैले अनेकौँ कारणले जलेका व्यक्तिहरूको पीडा पनि अनुभव गरेको छु। जलनका कारण धेरै छन्। तर जलनपछि नागरिकले भोग्ने दुर्गति र छट्पटी समान छन्।’

उनले पहिले उपचार पाउने र निवेदन दिने मानवीय परम्पराको सुरुआत गर्न पनि आग्रह गरिन्। 

अधिकांश जलन दुर्घटनाका कारण भए पनि सरोकारवाला गम्भीर हुन नसकेको उनले बताइन्। ‘सन् २००६ को विश्व स्वास्थ्य सङ्गठनको तथ्याङकानुसार ५५ देखि ६० हजार जलनका दुर्घटना हुने गरेको छ। तर कहिल्यै पनि यसको सदन र सरकारमा चर्चा भएको मलाई थाहा छैन,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .