ad ad

राजनीति


विनयमोहन क्वात्रा नेपालका लागि नयाँ भारतीय राजदूत

विनयमोहन क्वात्रा नेपालका लागि नयाँ भारतीय राजदूत

नेपालखबर
पुस २९, २०७६ मंगलबार ७:३८,

भारतले विनयमोहन क्वात्रालाई राजदूत बनाएर नेपाल पठाउने भएको छ। नेपाल आउन प्रयासरत अनेकौँ अनुभवी उम्मेदवारमध्ये क्वात्रालाई भारतले राजदूत बनाउन लागेको नयाँ दिल्लीस्थित उच्च स्रोतले जानकारी दियो। हाल उनी फ्रान्सका लागि भारतीय राजदूत छन्।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी डिसेम्बरमा कार्यकाल पूरा गरी फर्केका थिए।

नेपालका लागि सम्भावित राजदूतका रुपमा टी एस त्रिमूर्ति, विकास स्वरुप, गोपाल वगले, अखिलेश मिश्रा र जावेद अर्सदको नाम पनि चर्चामा थियो।

क्वात्रासँग लामो समय नेपालमा काम गरेको अनुभव पनि छ। उनी सन् २००६ देखि २०१० सम्म काठमाडौँस्थित सार्क सचिवालयमा काम गरेका थिए।

क्वात्रा तीन दशकदेखि भारतीय कुटनीतिक सेवामा छन्।

उनी भारतको विदेश सेवामा सन् १९८८ मा प्रवेश गरेका थिए। सन् १९९३ सम्म उनी जेनेभास्थित स्थायी मिसनमा कार्यरत थिए।

सन् १९९३ देखि २००३ सम्म उनी संयुक्त राष्ट्रसंघको मुख्यालयमा डेस्क अफिसरको रुपमा तथा दक्षिण अफ्रिका र उज्बेकिस्तानमा पनि उनले काम गरे। त्यसपछि उनले चीनको बेइजिङस्थित भारतीय दूतावासमा कन्सुलर र राजदूतावास उपप्रमुखका रुपमा काम गरे।

२००६ देखि २०१० सम्म उनी नेपालमा थिए। सार्क सचिवालयमा उनले व्यापार, अर्थतन्त्र र वित्तीय ब्युरोको प्रमुखका रुपमा काम गरेका थिए। उनले अमेरिकाको वासिंगटनस्थित भारतीय दूतावासमा पनि २०१३ सम्म काम गरेका थिए।

त्यसपछि उनी भारतीय विदेश मन्त्रालयको पोलिसी प्लानिङ एन्ड रिसर्च डिभिजनमा फर्केका थिए। सन् २०१५ सम्म उनले अमेरिका र क्यानडा हेर्ने अमेरिकाज् डिभिजनमा काम गरे।

अगस्ट २०१७ सम्म उनी भारतीय प्रधानमन्त्रीको कार्यालयमा सहसचिव थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .