ad ad

राजनीति


एमालेले संसद्‍लाई अनिर्णयको बन्दी बनाउन खोज्यो : रामहरि खतिवडा

एमालेले संसद्‍लाई अनिर्णयको बन्दी बनाउन खोज्यो : रामहरि खतिवडा

नेपालखबर
जेठ २८, २०८० आइतबार १८:१९, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले एमालेले संसदमा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रर्दशन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताए। 

‘प्रतिपक्ष यस्तो अनम्याच्युअर छ। एक छिन जुरुक्क उठेर संसदतिर घेर्न पुग्छ। किन भन्दा जलहरीको सुन हरायो रे! ए! बाबा, महालेखाको प्रतिवेदनमा हरायो भनेकै छ। महालेखाको प्रतिवेदन सबै सांसदको हातहातमा दिएको छ,’ उनले भने, ‘त्योबारे छलफल गर्नै छ। हामीलाई चिन्ता के हो भने पशुपतिनाथ मन्दिरमा राख्न लागेको १० केजी सुनमा त बदमासी गर्नेलाई अरु देशलाई के गर्लान्?’

सांसद खतिवडाले महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको जलहरी प्रकरणबारे आफूहरुले संसदमा फेरि पनि कुरा उठाउने बताए। 

‘कुन प्रधानमन्त्रीले सुनको कोट लगाउनु भयो, कुन मन्त्रीले लगाउनु भयो? सुनैसुनको लुगा लगाएर को हिँडनु भयो, त्यतातिर भन्दिन। तर बदमासीको छानबिन गर भनेको हो। त्योभन्दा उहाँहरु फेरि संसद घेर्न जानु हुन्छ,’ सांसद खतिवडाले भने, ‘भोलिपल्ट कसले कुटाई खायो, संसद् घेर्न जानुहुन्छ। तर टिक्न सक्नुहुन्न। त्यसकारण संसदलाई अनिर्णयको बन्दीजस्तो बनाउन खोज्नु भयो।’

सांसदहरूले भैंसी–राँगाको कुरा गर्ने, जलहरीको कुरा नगर्ने स्थल बनाउन खोजेको उनले बताए। सांसद खतिवडाले संसदमा उठेका सबै विषयमा छलफल गर्न संसद स्वतन्त्र हुनुपर्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .