ad ad

राजनीति


पदम गिरीको प्रश्न : बिचौलियालाई पाल्ने सरकार, दोषचाहिँ एमालेलाई?

पदम गिरीको प्रश्न : बिचौलियालाई पाल्ने सरकार, दोषचाहिँ एमालेलाई?

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८० आइतबार १३:५४, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अहिलेको गठबन्धन सरकारले बिचौलियालाई संरक्षण गर्ने काम गरिरहेको बताएका छन्। 

आइतबार संसद् बैठकमा बजेटमाथिको छलफलका क्रममा आफ्ना भनाइ राख्दै उनले यस्तो बताएका हुन्। 

गिरीले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा पूर्वकर्मचारीलाई बिचौलियका रुपमा अर्थमन्त्रालयमा छिराएर करका दरमा जथाभावी हेरफेर गरिएको पनि बताएका छन्। 

गिरीले एमाले गत फागुन १५ गते नै सरकारमा हटेको अवस्थामा यो गठबन्धन सरकारको फागुन १९ को निर्णयअनुसार फागुन २३ गते बजेट निर्माणमा प्रयोग गरिएका व्यक्तिलाई नियुक्ति दिइएको पनि बताएका छन्। 

‘हामी गठबन्धन सरकारबाट फागुन १५ गते हट्यौँ। फागुन १९ गते नियुक्तिको निर्णय गरेर फागुन २३ गते बजेट निर्माणमा प्रयोग गर्न पूर्वकर्मचारीलाई नियुक्ति दिइयो’, उनले भने, ‘सरकार बिचौलियाको प्रयोग गर्ने, अनि त्यसको दोष चाहिँ एमालेलाई?’

गिरीले अहिले सरकार नै बिचौलियाले चलाएको पनि बताएका छन्। ‘अहिले सरकार नै बिचौलियाले चलाएका छन्। नैतिक रुपमा यो सरकार फेल भइसक्यो’, उनले भने, ‘अर्थतन्त्र धरापमा परेको छ। सर्वसाधारणलाई बाँच्न गाह्रो भएको छ। यो सरकारलाई अब सत्तामा बसिरहन नैतिक रुपले कुनै अधिकार छैन।’

उनले ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना यो सरकारले पूरा गर्न नसक्ने पनि बताएका छन्।

‘एमालेमाथि भ्यू टावर बनाएको, जथाभावी सपिङ मल बनाएको आरोप गठबन्धनले लगाएको छ’, उनले भने, ‘तर दुई वर्षदेखि सत्तमा हुँदा सुकुम्बासीहरुको पेटमा चारो भर्ने काम तपाईंहरुले गर्नु भएको छ, गठबन्धनले गरेको छ?’

उनले बिचौलियाको प्रयोग गरेर ट्रकका ट्रकका अवैध सामान सरकारले छिराउने गरेको आरोप पनि लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .