ad ad

कारोबार


अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्री पौडेलको सवाल : यस्तो मन्दीमा ६  प्रतिशत आर्थिक वृद्धि कसरी हुन्छ ?

अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्री पौडेलको सवाल : यस्तो मन्दीमा ६  प्रतिशत आर्थिक वृद्धि कसरी हुन्छ ?

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८० आइतबार १३:५७, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेटले राखेको आर्थिक वृद्धिको अनुमान नितान्त मनोगत भएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।

आइतबार संसद् बैठकमा बजेटमाथिको छलफलका क्रममा  उनले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न आवश्यक पर्ने न्यूनतम् लगानी सुनिश्चित नगरी मनोगत रूपमा गरिएको अनुमान पूरा हुने कुनै सम्भावना नरहेको बताए।

'मुलुक यतिबेला आर्थिक मन्दीमा आइपुगेको छ, आर्थिक मन्दीको चुनौती सामना गर्ने र समग्र अर्थतन्त्रका समस्या समाधान गर्ने योजना र इच्छाशक्ति विनाको बजेटबाट आर्थिक वृद्धिदरको यो लक्ष्य हासिल कसरी हुन्छ?' उनले प्रश्न गरे।

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिएको उनको बताए।

एकातिर पुँजीगत खर्चका लागि चालु आर्थिक बर्षको भन्दा ७८ अर्ब ३१ करोड न्यून विनियोजन गर्ने र अर्कातिर ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गर्ने कुरा आफैमा विरोधाभासपूर्ण र अविश्वसनीय रहेको उनको भनाइ छ।

यसैगरी उनले सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट अन्तरसम्बन्धित नभएको बताए। अहिलेको सरकारले ल्याएको नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त र प्राथमिकता अर्कोतिर र बजेट अझै अर्कोतिर फर्किएका उनको भनाई छ।  यिनीहरूबीच कुनै तादात्म्य नभएको उनको भनाइ छ।

नीति तथा कार्यक्रममा उल्लेख गरिएका कैयौं कार्यक्रम र योजनालाई बजेटले वेवास्ता गरेकको र ती योजना तथा कार्यक्रममा बजेट विनियोजन हुनु त परको कुरा स्मरणसम्म पनि नगरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .