ad ad

कला


‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक

‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक

नेपालखबर
जेठ २७, २०८० शनिबार १८:५९, काठमाडौँ

आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ।

२ मिनेट ४७ सेकेण्ड लामो ट्रेलरले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा प्रस्तुत गरेको छ।

बिफोरयु म्युजिकबाट सार्वजनिक सिनेमाको हिन्दी ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ। सिनेमाको नेपाली ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ।

नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन लागेको सिनेमालाई सुरज पाण्डेले निर्देशन गरेका हुन्।

शर्मिला पाण्डे सिनेमाकी निर्मात्री हुन्। दीपेन्द्र के खनालको लेखन रहेको सिनेमामा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपाने लगायतको पनि अभिनय छ।

डिएस डिजिटको व्यारमा निर्माण भएको सिनेमाको भारत रिलिजमा नेन्दी क्रियसनले सहयोग गर्दैछ। सनेमामा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .