राजनीति


ओलीको आरोप- प्रचण्डले २ वटा नदी कौडीको मोलमा भारतलाई बेचे (भिडिओ)

ओलीको आरोप- प्रचण्डले २ वटा नदी कौडीको मोलमा भारतलाई बेचे (भिडिओ)

नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली (तस्बिर : बालकोट)


नेपालखबर
जेठ २७, २०८० शनिबार १५:३०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सातामात्रै भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कौडीको मूल्यमा नेपालका नदी बेचेको आरोप लगाएका छन्। 

शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणका क्रममा वर्तमान सरकारले नेपालको भूमीबारे चुँइक्क पनि बोल्न नसकेको बताए। 

‘भारत भ्रमणमा के गरेर आउनु भयो त? दुई वटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनुभएको छ। जमाइएको पानी हाम्रो हो,’ ओलीले सम्बोधनको क्रममा भने, ‘त्यसबाट निस्किएको पानी हाम्रो अधिकारको कुरा हो। त्यत्रो बाँध बाँधेर बनाएको आयोजनाबाट २१ प्रतिशत बिजुली लिएका छौं, भने तल्लो सित्तैमा पाएको पानीमा पनि २१ प्रतिशत पाएका छौं।’

उनले युक्रेनको वारका कारण नेपालका नदी सित्तैमा दिएको हो? भन्दै प्रश्न समेत गरे।

भिडिओ:

‘युक्रेनका वारले हामीकहाँ धुला उडायो कि के गर्‍यो? युक्रेनको वारले हो हाम्रो नदीहरू प्रचण्डजीले सित्तैमा दिएर आएको? आफ्नो भूमिबारे चुँइक्क बोल्न नसकेको युक्रेनको वारले हो?,’ ओलीले भने, ’१५ वटा राँगा ल्याएँ भनेर त्यही पनि राँगा लिएर आउने भनेर निस्काए रे! यो त केपी ओलीकै पालादेखि चलेको रहेछ रे! उहाँहरुले कुनै कुरै चलाउन सक्नुहुन्न।’

ओलीले आफ्नो सरकार हुँदा फुकोट कर्णाली आयोजनालाई रिजर्भ नगरी बिजुली निकाल्नका लागि योजना बढाएको दाबी गरे। 

‘फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ। कुदिरहेको नदीमै रिजर्भ नबनाई बिजुली निकाल्न सकिन्छ। यो नेपालले आफैं बनाउँछ भनेर अगाडि बढाएको थिएँ, अहिले त किस्तिमा राखेर उतै सुम्पिने कुरा भयो,’ ओलीले भने, छनेपाली जनतालाई थाहा छैन कस्तो नदी कता कता गएको छ। नेपालको भूमीमा ग्रहण लागेकै हो, यस्ता यस्ता सरकार बनेका छन्,ज सलिे भूमिको बारेमा केही बोल्न सक्दैन। मित्र राष्ट्रको भ्रमणमा आफ्नो पीरमर्काको कुरा पनि राख्न सक्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .