राजनीति


सांसदले प्रचण्ड भारतबाट भैंसी चढेर आए भनेपछि माओवादीको आपत्ति, संसदमा हंगामा

सांसदले प्रचण्ड भारतबाट भैंसी चढेर आए भनेपछि माओवादीको आपत्ति, संसदमा हंगामा

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८० सोमबार १३:१३, काठमाडौँ

प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर प्रतिनिधिसभाको बैठकमा हंगामा जारी छ।

जेठ १७ देखि २१ गतेसम्मको चार दिने भ्रमणलाई लिएर प्रचण्ड प्रतिपक्षी दलको घेराबन्दीमा परेका छन्। 

सोमबारको संसद् बैठकमा पनि प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रतिपक्षीहरुले प्रश्न उठाइरहेका छन्।

प्रधानमन्त्रीले भारत भ्रमणबारे जवाफ दिइसेकपछि प्रश्नोत्तर सेसनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि माओवादी सांसद्हरु रिसाएका हुन्। 

माओवादी प्रमुख सचेत हितराज पाण्डेले सांसद खनालको भनाइमा नियमापत्ति जनाउँदै यो शब्द अमर्यादित भएको बताए। 

उनले प्रधानमन्त्री भैंसी चढेर आएको शब्द संसदको मर्यादाविपरीत हुने भन्दै त्यसलाई रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरे। 

त्यसअघि खनालले नयाँ हवाई रुट खुलाएर प्रधानमन्त्री जहाज चढेर आउलान् भनेको भैंसी पो चढेर आए भनेका थिए।

उक्त शब्दलाई लिएर माओवादी सांसदहरुको आपत्तिपछि सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

तर त्यसलाई लिएर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले आपत्ति प्रकट गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad