ad ad

राजनीति


प्रचण्डको स्पष्टीकरण : श्रीमतीलाई ठीक हुन्छ भनेर महाकालेश्वरमा रुद्राक्ष चढाएको होइन

प्रचण्डको स्पष्टीकरण : श्रीमतीलाई ठीक हुन्छ भनेर महाकालेश्वरमा रुद्राक्ष चढाएको होइन

नेपालखबर
जेठ २०, २०८० शनिबार १९:५४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको स्वास्थ्य ठीक हुन्छ भनेर आफूले महाकालेश्वर मन्दिरमा रुद्राक्ष नचढाएको स्पष्टीकरण दिएका छन्। 

भारत भ्रमणका क्रममा शुक्रबार भारतको मध्य प्रदेश राज्यस्थित उज्जैन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए।

त्यसबारे सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री एनपी साउदको इच्छामा रुद्राक्ष बोकेर गएको पनि बताए। 

‘मिडियामा आएको देखेँ मैले। रुद्राक्ष, यो लाने इनिसियटिभ्स परराष्ट्रमन्त्रीको हो। उहाँले यो लानुपर्छ भनेपछि हुन्छ तपाईंले लानुहुन्छ भने राम्रै हुन्छ भनेको हो मैल। उहाँले लगेकोलाई मैले नछुने अब?,’ प्रधानमन्त्री प्रचण्डले भने।

उक्त रुद्राक्ष चढाउने बारे आफ्नो दिमागमा नभएको पनि प्रचण्डले बताए। 

‘त्यो चढाएको श्रीमतीको स्वास्थ्य ठीक हुन्छ भनेर विल्कुल होइन। त्यो मेरो दिमागमा थिएन, अहिलेपनि छैन। यहाँ पत्नीको स्वास्थ्यका लागि रुद्राक्ष दियो भनेर तल झारिदिने क्या?,’ प्रधानमन्त्री प्रचण्डले भने। 

पत्नी दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनले निको नहुने खालको रोग लागेको जानकारी गराए।

‘मेरो पत्नीको स्थिति के छ तपाईंहरु सबैलाई थाहा छ। उनको बिमार निको हुन खालको नै होएन। म कस्तो प्रवृत्तिको मान्छे हँ तपाईंहरुलाई थाहा छ,,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अनि म महाकालेश्वर गएर पत्नी बचाइ पाउँ भन्छुहोला त? त्यसको केही अर्थ हुन्छ। मान्छेले गर्ने पनि सीमाभित्र बसेर गर्नुप¥यो, त्यो अलि बढी भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .