ad ad

राजनीति


भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता, राज्यमन्त्री लेखीले गरिन् बिदाइ

भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता, राज्यमन्त्री लेखीले गरिन् बिदाइ

तस्बिरहरु : प्रदीपराज वन्त


नेपालखबर
जेठ २०, २०८० शनिबार १६:५६, काठमाडौँ

भारतको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश प्रस्थान गरेका छन्। ४ दिने भारत भ्रमणका लागि गत जेठ १७ गते भारत भएका प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधमण्डलको टोली इन्दिरा गान्धी विमानस्थलबाट स्वदेश फिर्ता हुन लागेको हो।

प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी छिन्।

प्रचण्डलाई स्वागत गर्न पनि ज्यमन्त्री लेखीसहित भारतीय विदेश मन्त्रालयका अधिकारीहरू विमानस्थलमा पुगेका थिए। भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी लेखी ७ जुलाई २०२१ देखि भारतीय विदेश राज्यमन्त्रीको भूमिकामा छन्।

भारतीय विदेशमन्त्रीका रुपमा एस जयशंकर कार्यरत छन्। 

प्रचण्डलाई स्वागत र विदाईका लागि भारत सरकारले विशेष सांस्कृतिक झाँकीसहितको टोली पनि विमानस्थलमा पठाएको थियो।

प्रचण्ड चारदिने भारत भ्रमणका लागि बुधबार दिउँसो १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ दिल्ली प्रस्थान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .