ad ad

राजनीति


प्रचण्डलाई स्वागत गर्दै मुख्यमन्त्री चौहानले भने : हाम्रो शरीर दुई, सभ्यता र संस्कृति एकै

प्रचण्डलाई स्वागत गर्दै मुख्यमन्त्री चौहानले भने : हाम्रो शरीर दुई, सभ्यता र संस्कृति एकै

प्रचण्ड र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान


नेपालखबर
जेठ १९, २०८० शुक्रबार १३:२८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारतको मध्य प्रदेश राज्य पुगेका छन्। 

उनी भ्रमण टोलीसहित नयाँदिल्लीबाट जहाजमा इन्दौर उत्रिए। त्यहाँ उनलाई मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरे।

इन्दौरमा अवतरणपछि प्रचण्डको टोली सडकमार्ग हुँदै उज्जैन पुगेको छ। जहाँ प्रचण्डले बाबा महाकालको मन्दिरमा नेपालबाट लगिएको १०८ केजी रुद्राक्ष चढाएका छन्।

प्रचण्डको स्वागतपछि नेपाली ढाका टोपीमा सजिएका मु्ख्यमन्त्री चौहानले नेपाल र भारतबीचको सम्बन्ध गहिरो रहेको चर्चा गरेका छन्। 

उनले प्रधानमन्त्री प्रचण्डलाई देवी अहिल्याको पवित्र नगर र भारतको सबेभन्दा स्वच्छ शहर इन्दौरमा हृदयबाटै स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्। 

‘नेपाल र भारत प्राचीन राष्ट्र हुन्। हाम्रो समृद्ध इतिहास रहिआएको छ’, उनले भनेका छन्, ‘कयौँ पटक लाग्छ कि शरीर दुई छन् तर हाम्रो संस्कृति, सभ्यता र संस्कार एकै छ।’

उनले बाबा पशुपतिनाथको नगरी काठमाडौंदेखि बाबा महाकालको नगरी उज्जैनसम्म साझा विरासत रहेको पनि बताएका छन्। 

‘मध्यप्रदेशवासी अभिभूत छौँ, आफ्नो मित्र राष्ट्र नेपालका प्रधानमन्त्री प्रचण्डजीको स्वागत गर्न पाउँदा’, उनले भनेका छन्, ‘आज हामीले मध्यप्रदेशको गौरवशाली परम्पराका रुपमा माननीय प्रधानमन्त्री प्रचण्डको स्वागत गरेका छौँ।’

मुख्यमन्त्री चौहानले बाबा महाकालको दर्शन गरेर नेपालका जनताको कल्याण र विकासको आशीर्वाद लिन पनि प्रचण्डलाई भनेका छन्। ‘म बाबा पशुपतिनाथसँग प्रार्थना गर्छु, दुवै राष्ट्र सदैव विकास, कल्याण र आपसी सद्भावको पथमा निरन्तर प्रगति गरुन्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .