ad ad

राजनीति


जिल्ला न्यायाधीश नियुक्तीको निर्णय बदर गर्न रिट

जिल्ला न्यायाधीश नियुक्तीको निर्णय बदर गर्न रिट

नेपालखबर
पुस २७, २०७६ आइतबार १६:३,

न्याय परिषद्ले गत मंसिर १७ गते गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ती त्रुटीपूर्ण भएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

न्याय परिषद्लाई विपक्षी बनाइ उपन्यायाधिक्ता हरिशंकर ज्ञवालीले आज दायर गरेको रिट निवेदनमा कानून विपरीत सो निर्णय न्यायपालिकाको गरिमा र प्रतिष्ठालाई बचाइ राख्नको लागि बदर गर्न माग गरिएको छ।

रिट निवेदनमा नेपालको संविधानले न्याय सेवामा कार्यरक्त कर्मचारीबाट पदपूर्ति गर्दा ज्येष्ठता, योग्यतालाई प्रमुख आधार बनाउनुपर्ने भनिएकोमा कर्मचारीबाट जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गर्नुपरेमा उक्त आधारको कुनै मूल्यांकन नै नगरी स्वेच्छा चारी र हचुवाको किसिमले नियुक्त गरेको उल्लेख छ।

न्याय सेवामा कार्यरत कर्मचारीको समग्र मूल्यांकन गरी पुनःनियुक्तिका लागि सिफारिस हुन सक्ने हुँदा पहिलाको निर्णयलाई बदर गरी स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले न्यायाधीश नियुक्ति गर्न माग गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .