ad ad

राजनीति


९ वर्षमा नेपाल-भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउने निर्णय गरेका छौँ : मोदी

९ वर्षमा नेपाल-भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउने निर्णय गरेका छौँ : मोदी

नेपालखबर
जेठ १८, २०८० बिहिबार १३:२६, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा आफू पहिलोपटक भारतको प्रधानमन्त्री भएपछि त्यसयता नेपाल-भारतको द्विपक्षीय सम्बन्धमा धेरै सुधार भएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दिल्लीस्थित हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन्। उनले आफू प्रधानमन्त्री बनेपछि सबैभन्दा पहिले नेपालको भ्रमण गरेको सम्झँदै नाका अवरोध नहोस् भनेर काम गरेको बताए।

उनले योबीचमा पाइपलाइनमार्फत् डिजेल निर्यात, नेपालबाट भारतमा बिजुली निर्यातको सुविधाका लागि सहजीकरण गरिएको भनाइ उनले राखे।

'९ वर्षमा हाम्रो पार्टनरसिप साँच्चै हिट भयो,' उनले भने, 'वर्षको उपवलब्धी बयान गर्न खोजे दिन बित्छ, भविष्यमा सुपरहिट बनाउनेगरी महत्वपूर्ण निर्णय गरेका छौँ।'

भारत भ्रमणका क्रममा दुई पक्षबीच ७ बूँदे द्विपक्षीय सम्झौता भएको छ।

तल्लो अरुण, भारतीय बाटो हुँदै बंगलादेशसम्म बिजुली निर्यात, ४८० मेगावाटको फुकोट कर्णाली, पञ्चेश्वर बहुद्देश्यीय आयोजना, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका विषयमा द्विपक्षीय सम्झौता भएको संयुक्त पत्रकार सम्मेलनमा जानकारी भारतीय प्रधानमन्त्री मोदीले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .