ad ad

राजनीति


दिल्लीमा प्रधानमन्त्री प्रचण्ड, राज्यमन्त्री लेखीले गरिन् स्वागत

दिल्लीमा प्रधानमन्त्री प्रचण्ड, राज्यमन्त्री लेखीले गरिन् स्वागत

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी। तस्बिर : भारतीय विदेश मन्त्रालय


नेपालखबर
जेठ १७, २०८० बुधबार १५:४३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका क्रममा राजधानी नयाँदिल्लीमा अवतरण गरेका छन्। 

उनलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन्। 

भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी लेखी ७ जुलाई २०२१ देखि भारतीय विदेश राज्यमन्त्रीको भूमिकामा छन्। भारतीय विदेशमन्त्रीका  रुपमा एस जयशंकर कार्यरत छन्। 

प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दल अहिले दिल्लीस्थित होटलमा पुगिसकेको छ।

प्रचण्डलाई स्वागत गर्न राज्यमन्त्री लेखीसहित भारतीय विदेश मन्त्रालयका अधिकारीहरू विमानस्थलमा पुगेका थिए।

प्रचण्डलाई स्वागतका लागि भारत सरकारले विशेष सांस्कृतिक झाँकीसहितको टोली पनि विमानस्थलमा पठाएको थियो।

प्रचण्ड चारदिने भारत भ्रमणका लागि बुधबार दिउँसो १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ दिल्ली प्रस्थान गरेका थिए।

प्रधानमन्त्री दाहाललाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .