राजनीति


प्रधानमन्त्रीको ब्रिफिङ- नागरिकताको विषय संविधान अनुसार राष्ट्रपतिबाट पारित हुन्छ

प्रधानमन्त्रीको ब्रिफिङ- नागरिकताको विषय संविधान अनुसार राष्ट्रपतिबाट पारित हुन्छ

फाइल तस्बिर


नेपालखबर
जेठ १६, २०८० मंगलबार १७:४९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको व्यवस्था अनुसार पारित गर्ने बताएका छन्। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले अघिल्लो मन्त्रिपरिषद् बैठकले निर्णय गरेर स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाइसकेले यसपटक प्रमाणीकरण हुने विश्वास दिलाएका हुन्। 

आजको बैठकमा नागरिकताको विषय पनि छलफल भएको थियो।

‘नागरिकताको विषयमा राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार पारित गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ,’ प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भनिन्।

यसैगरी बैठकमा प्रधानमन्त्रीको बुधबारदेखि हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका सम्बन्धमा पनि छलफल भएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

‘मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भोलिदेखि हुने भारत भ्रमणको तयारीलगायतका विषयमा सामान्य छलफल भएको छ,’ मन्त्री शर्माले भनिन्।

भारत भ्रमणको सरकारी प्रतिनिधिमण्डलको टुङ्गो लागिसकेको पनि सञ्चारमन्त्री शर्माले बताइन्। 

भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .