नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट अहिलेको अप्ठेरो परिस्थितिमा राम्रो भएको टिप्पणी गरेका छन्।
संघीय संसद परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद उनले सो कुरा बताएका हुन्।
‘बजेटलाई अलि बढी अध्ययन गर्नुपर्छ। अहिलेको परिस्थितिमा यसलाई नराम्रो भन्न सकिँदैन,’ सांसद राणाले भने, ‘बजेटले इकोनोमिलाई किकस्टार्ट गर्ने प्रयास गरेको छ। कतिपय ठाउँमा अझै राम्रो हुनसक्ने पनि छ।’
बजेटलाई लागू गर्ने मुख्य कुरा भएको बताए। ‘यसअघि पनि राम्रो राम्रो नै आउँथ्यो, तर कार्यान्वयनको कुरा मुख्य हो,’ सांसद राणाले भने।
साथै, उनले सांसद विकास कोषको ५ करोड ब्युँताउने निर्णय पनि राम्रो भएको भन्दै एक करोडभन्दा कमको योजनामा पैसा खर्च गर्नु नहुने बताए।
‘सांसदहरुलाई ५ करोड दिएको छ। यो सानो योजनामा राख्न पनि सकिँदैन। एक करोडभन्दा कम राख्न सकिँदैन भनेर भनिएको छ। यो राम्रो हो,’ उनले भने।
Shares
प्रतिक्रिया