कारोबार


सूचना प्रविधि विदेश बेचेर कमाउनेलाई आयकरमा ५० प्रतिशत छुट

सूचना प्रविधि विदेश बेचेर कमाउनेलाई आयकरमा ५० प्रतिशत छुट

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १५, २०८० सोमबार १९:४३, काठमाडौँ

सरकारले सूचना प्रविधिमा विदेशी मुद्रा आर्जन गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिएको छ। 

आगामी वर्षको बजेटमार्फत् सरकारले सूचना प्रविधि विदेश निर्यात गरी डलर आयात गर्नेलाई छुट दिने भएको हो। 

आगामी वर्षको बजेटमा प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ जस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई  विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। 

 नेपालमा विद्युतीय सेवा बिक्री गर्ने गैरबासिन्दा व्यक्तिलाई करको दायरामा ल्याउन सम्वत् २०८० साल जेठ मसान्तसम्मको मूल्य अभिवृद्धि कर सम्वत् २०८० साल असार २५ गतेसम्म दाखिला गरेमा सोमा लाग्ने शुल्क, व्याज र थप दस्तुर मिनाहा हुने व्यवस्था मिलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .