ad ad

राजनीति


देशको आर्थिक संकट सम्बोधन गर्नेगरी बजेट आएको छ : ज्ञानेन्द्र शाही

देशको आर्थिक संकट सम्बोधन गर्नेगरी बजेट आएको छ : ज्ञानेन्द्र शाही

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८० सोमबार १९:३७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट राम्रो आएको बताएका छन्। संघीय संसद भवनबाट बाहिरिँदै सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शाहीले बजेटको कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने बताए। 

‘बजेट त्यति नराम्रो छैन, ठिकै छ। यसलाई कार्यान्वयन गर्ने पक्ष मुख्य हो। यसलाई सवलका साथ अघि बढाउनुपर्छ,’ शाहीले भने।

साथै, उनले जुम्लाका लागि विशेषतः जडिबुटीको विषयमा राम्रो निर्णय भएको बताए। 

‘कृषिमा विदेशबाट आयतिति गर्ने कृ,िषजनय पदार्थ रोकिनुपर्छ भनने थियो। जडिबुटीको हिसाबले अत्यन्त राम्रो आएको छ। समग्र जुम्लाका लागि ९ वटा आयोजनामा बजेट परेको छ,’ सांसद शाहीले भने। 

साथै, उनले देशमा भएको आर्थिक संकट सम्बोधन गर्नेगरी बजेट आएको टिप्पणी गरे। 

‘देशमा जसरी आर्थिक क्राइसिन छ त्यसलाई सम्बोधन गर्नेगरी आएको छ। विपक्षी भएपनि यसका सवल पक्षलाई कार्यान्वयन गर्ने हिसाबमा ध्यान दिनुपर्छ’, शाहीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .