ad ad

राजनीति


आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८० सोमबार ६:२८, काठमाडौँ

आज सोह्रौँ गणतन्त्र दिवस, देशभर  विभिन्न कार्यक्रम गरी मनाइँदै छ।  

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु गरिएको खुसियालीमा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाउने गरिएको हो। 

राज्यको सम्पूर्ण शक्ति जनतामा निहीत हुनेगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ। 

विंस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .