राजनीति


वेलायती राजदूत इरानमा गिरफ्तार

वेलायती राजदूत इरानमा गिरफ्तार

नेपालखबर
पुस २७, २०७६ आइतबार ९:८,

विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको बुझिएको छ।

त्यसबेला सरकारविरुद्ध प्रदर्शन समेत भएको थियो। प्रदर्शनमा वेलायती राजदूत रब मकेयर समावेश भएको भन्दै इरानी प्रहरीले उनलाई गिरफ्तार गरेको बीबीसीले जनाएको छ।

आफ्नै नागरिकको मृत्यु हुनेगरी इरानले युक्रेनियन विमानमा क्षेप्यास्त्र प्रहार गरेपछि शनिबार इरानी नागरिकले प्रदर्शन गरेका थिए। इरानले उक्त विमानमा भुलबश क्षेप्यास्त्र प्रहार भएको स्वीकार गरेको छ।

राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई ब्रिटेनले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको बताएको छ।

यूकेका विदेशमन्त्री डोमिनिक राबले एउटा वक्तव्यमा भनेका छन्,‘तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणविना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad