निकै उतारचढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको छ।
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय रूपैयाँ तोकेको छ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला नाै सय रूपैयाँले घटेको थियो। शुक्रबार छापावाला सुन प्रतितोला रु ७४ हजार ६ सय र तेजाबी सुन प्रतितोला ७४ हजार ३ सय रूपैयाँमा खरिदबिक्री भएको थियो।
पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ। महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ९० तोकेको छ। पछिल्लो समय विकसित इरान–अमेरिका तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

प्रतिक्रिया