कारोबार


परासीमा फलाम खानी उत्खननको तयारी

परासीमा फलाम खानी उत्खननको तयारी

नेपालखबर
पुस २७, २०७६ आइतबार ९:१२,

नवलपरासीमा भेटिएको फलाम खानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव याम कुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताइन्।

फलामको उत्खनन र प्रशोधनका लागि कम्पनी कडा गरिएको उनले बताइन्। ‘गुणस्तर सम्बन्धी विषयको सफल परीक्षण भइसकेको छ। डिपोजिट पर्याप्त मात्रामा छ भन्नेपनि आइसकेको र नमुना परीक्षणपनि सफलताका साथ भइसकेको छ। अहिले औद्योगिक परीक्षण चीनमा भइरहेको छ। उत्खनन र प्रशोधनका लागि कम्पनी खडा गरी सञ्चालनको मोडालिटीमा पनि तयार भएको छ’, उनले भनिन्।

सचिव खतिवडाका अनुसार दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम सुरु भइसकेको छ। ४ महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यवसायीक रुपमा थाहा हुने उनले बताइन्। दैलेखमा मात्रै नभएर अहिले सुर्खेत र तानसेनमा पनि यससम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad