ad ad

राजनीति


पूर्वराजालाई झलनाथको चेतावनी- पूजा गरेर राजतन्त्र फर्कँदैन, बरु पार्टी खोल्नुस्

पूर्वराजालाई झलनाथको चेतावनी- पूजा गरेर राजतन्त्र फर्कँदैन, बरु पार्टी खोल्नुस्

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०८० शनिबार १६:२८, काठमाडौँ

पूर्वप्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएका छन्। 

शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन्। उनले पूर्वराजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसंग उठाउँदै पूर्वराजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको दाबी गरे। 

पूर्वराजा ज्ञानेन्द्र आज (शनिबार) सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सरिक भएका थिए। उनले त्यहाँबाट देश निर्माणका लागि सबै एकजुट भए जुट्न आह्वान गरेका छन्। 

यता, एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले भने राष्ट्रिय प्रजातन्त्र पार्टी वा कुनै नयाँ पार्टी खोलेर संसदमा आए लोकतन्त्रको राम्रो पक्ष हुने बताए।

‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन् । अहिले सामान्य जनता हुन्। उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्,’ खनालले भने, ‘अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्। राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी
खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र

फर्किंदैन।’ 

पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा हुन जरुरी रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .