राजनीति


सुर्खेतबाट पूर्वराजाको आह्वान- फेरि पनि जुटौं, खटौं र डटौं (पूर्णपाठ)

लम्पसार भएर बाँच्नु नेपालीको अपमान हुने टिप्पणी
सुर्खेतबाट पूर्वराजाको आह्वान- फेरि पनि जुटौं, खटौं र डटौं (पूर्णपाठ)

शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुँदै पूर्वराजा ज्ञानेन्द्र शाह। तस्बिर : दिनेश बुढा


नेपालखबर
जेठ १३, २०८० शनिबार १६:८, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन्। शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने टिप्पणी समेत गरे। 

‘आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो,’ पूर्वराजा शाहले भने, ‘कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो।’

पूर्वराजा शाहले सम्बोधन गर्दागर्दै ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै हुटिङ भएको थियो। समर्थकहरूको उक्त हुटिङपछि पूर्वराजा शाहले आफू जहाँ जहाँ पुग्यो त्यहाँ यस्तै नारा लाग्नेगरेको सुनाए। 

‘हामी जहाँ जहाँ पुग्छौं, त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु,’ शाहले भने, ‘त्यसैले अब कसरी जाने?, के कस्तो विधि व्यवस्था अंगाल्ने? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने? अब सोचौं, के गर्दा देशको राम्रो हुन्छ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौं।’

राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुने उनको भनाई थियो। ‘नेपालको पीर मर्का बुझ्न नेपाली मनले मात्र सक्छ। अब हामी भन्छौं, मिलौं। हामी सबै मिलौं,’ पूर्वराजा शाहको आग्रह थियो, ‘त्यसैले हामी भन्दछौं, जुटौं। हामी सबै एक भएर जुटौं। त्यसैले हामी भन्दछौं, हामी नफुटौं। परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं। त्यसैले फेरिपनि भन्छौं, जुटौं, खटौं र डटौं।’

एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न उनले आग्रह गरेका छन्। 

पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठः
आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो। कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो।

हामी जहाँ जहाँ पुग्छौं, त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु। त्यसैले अब कसरी जाने?, के कस्तो विधि व्यवस्था अंगाल्ने? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने? अब सोचौं, के गर्दा देशको राम्रो हुन्छ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौं। राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुन्छ। नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ। अब हामी भन्छौं, मिलौं। हामी सबै मिलौं। त्यसैले हामी भन्दछौं, जुटौं। हामी सबै एक भएर जुटौं। त्यसैले हामी भन्दछौं, हामी नफुटौं। परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं। त्यसैले फेरिपनि भन्छौं, जुटौं, खटौं र डटौं। 

स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ष्ट्रको निम्ति एकसाथ अघि बढौं। सबैलाई फेरि एकपटक धन्यवाद, जयनेपाल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .