प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही सयमभित्र भ्रष्टाचारविरुद्ध ठूलाठूला एक्सन हुन लागेको बताएका छन्।
प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम् २१ औँ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'१० वर्षे जनयुद्धमा को-कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी जसरी हाम फालेका थियौँ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र बेथितिविरुद्ध हाम फालिसकेका छौँ,' उनले भने, 'हामीलाई विरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन। जसरी विचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौँ, त्यसैगरी अहिले पनि हामी त्यही शंकल्पका साथ लागेको छौँ।'
जनयुद्धमा करोडौँ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र बेथितिविरुद्धको आन्दालेनमा साथ दिन पनि अनुरोध गरे।
कार्यक्रममा उनले संसदीय व्यवस्थामा विचार र निष्ठाले काम नगर्ने समेत बताएका छन्। उाले संसदीय राजनीतिमा विचार र निष्ठान भन्दा संख्याले काम गर्ने उल्लेख गरे।
'संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ। यो कम्युनिष्टको सभा रहेनछ। विचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ,' उनले भने। तर आफ्ना टाउका नेतृत्व लिने संख्यामा नभएको उनले दाबी गरे।
नेतृत्व लिएयता आफूलाई असफल पार्ने तत्व सक्रिय भएको उनले बताए। त्यो घेरालाई छिचोलेर अघि बढ्ने प्रतिवद्धता उनले गरे।
Shares

प्रतिक्रिया