सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन्। भ्रष्टाचारविरुद्ध काम गर्दा घेराबन्दीमा पारिएको उनको आरोप छ।
प्रेस सेन्टर नेपालको १९ औँ केन्द्रीय सधारणसभा तथा २१ औँ कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
विगतमा हालीमुहाली गरेकाहरूले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचार प्रसार गर्नुपर्ने बताइन्।
सरकारको प्रवक्ता समेत रहेका शर्माले संसद्मा सानो संख्यामा भए पनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको दाबी गरिन्।
गलत कामको खबरदारी र राम्रा कामलाई पार्टी, प्रचार मोर्चाबाट व्यवस्थित ढंगबाट प्रचार गर्नुपर्नेमा उनले जोड दिइन्।
Shares

प्रतिक्रिया