नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पशुपतिनाथको ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर अपचलन गर्ने संगठित गिरोहको पनि भण्डाफोर गर्नुपर्ने बताएका छन्।
पशुपतिनाथको जलहरी मात्र नभई गोठाटारमा रहेको सो ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर भागवण्डामा खाने प्रपञ्चमा पशुपति विकास कोषका जिम्मेवार पदाधिकारीहरू देखिएको शिवाकोटीले बताएका छन्।
‘जलहरी मात्र हैन गोठाटारमा रहेको पशुपतिनाथको ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर अपचलन गर्ने संगठित गिरोहको पनि भण्डाफोर गरौं,’ उनले भनेका छन्, ‘जलहरीको कुरा संसदसँगै अख्तियारमा पनि प्रवेश गरिसकेको छ। यहि बीचमा गोठाटारमा रहेको पशुपतिनाथको ५३५ रोपनी मध्य ५०४ रोपनी देखाई ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर भागवण्डामा खाने प्रपञ्चमा पशुपति विकास कोषका जिम्मेवार पदाधिकारीहरु देखिएका छन्।’
पशुपतिनाथको जग्गा अपचलन गरेर खान खोज्ने नियतमा संस्कृति मन्त्रालयको नेतृत्व तथा कोषका पदाधिकारी बिरुद्ध तत्काल छानबिन हुनुपर्ने उनको भनाई छ। साथै, कारबाहीका लागि दबाब दिन पनि उनले आग्रह गरेका छन्।
प्रतिक्रिया