राजनीति


संसद अवरोध एमालेले होइन, सरकारले गरेको हो : बर्तौला

संसद अवरोध एमालेले होइन, सरकारले गरेको हो : बर्तौला

नेपालखबर
जेठ १२, २०८० शुक्रबार १८:१५, काठमाडौँ

नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद चलाउन नचाहेको बताएका छन्।

शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताएका हुन्।

उनले राज्यको सम्पत्ति कति छ भन्नेकुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पत्ति कहाँ कति छ भन्नेकुरा बताउन नसकेको बताए।

उनले भने, ‘यो अवरोध सरकारले गरेको हो। सरकारलाई सोध्नुहोस्। हामीले मुद्दा उठायौँ। सरकारले के थाहा पाउनुपर्छ भने यो देशमा राज्यको सम्पत्ति कति छ? सरकार सबै बेखबर। किनकी यो सरकार आफैँ चलिराखेको छैन। यो सरकार परनिर्भर छ। यहीँबाट देखिन्छ, आफ्नो देशको सम्पत्ति कहाँ कति छ भन्नेकुरा बताउन सक्दैन? यति बताउन सामथ्र्य नरहने सरकार यो सदन चलाउने कुरामा जिम्मेवार नै छैन।’

आफूहरुले संसदमा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मवार नभएको उनको भनाई छ।

उनले भने, ‘सदन छोडेर गइसक्नु भयो। सरकार सदनप्रति जिम्मेवार छैन। आजको संसदको प्रक्रिया सरकारले अवरुद्ध गर्यो। हामीले विषय उठाएका कुरामा सम्बोधन गर्न तयार भएन। हामी फेरिपनि आग्रह गर्न चाहन्छौँ संसद छिटोभन्दा छिटो चल्ने अवस्था निर्माण होस्। हामीले उठाएको विषय देशलाई भन्दिओस्। जसरी सत्तापक्षको एउटा सांसदमार्फत देश, दुनियाँलाई भ्रममा राखिएको छ। त्यो कुरा के हो सरकारले भन्दिओस्। प्रष्ट पार्दिओस् आजै। त्यसपछि संसदीय प्रक्रिया अगाडि बढ्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .