बुधबार इरानमा युक्रेनको एक विमान दुर्घटनामा पर्दा विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो।
उक्त दुर्घटनामा सबैभन्दा बढी इरानका नागरिकको मृत्यु भएको थियो। इरानको ८२ नागरिकको मृत्यु भएको थियो।
सुरुवातमा इन्जिन विग्रिएका कारण विमान दुर्घटनामा परेको इरानले प्रतिक्रिया जनाएको थियो। इरानले आफूले विमानलाई कुनै नोक्सानी नगरेको बताएको थियो।
तर अन्ततः इरानले आफ्नै क्षेप्यास्त्र आक्रमणले युक्रेनको विमान दुर्घटनामा परेको स्वीकार गरेपछि इरानका नागरिकहरु सरकारविरद्ध आन्दोलित बनेका हुन्।
उनीहरुले सरकारले आफूहरुलाई झूट बोलेर झुक्याएको भन्दै आन्दोलन गरिरहेका छन्।
इरानका राष्ट्रपति हसन रुहानीले मानवीय भूल भएका कारण विमानमा आक्रमण भएको भन्दै माफी मागेका थिए।
हाल सरकारविरुद्धको आन्दोलनमा होमिएका प्रदर्शनकारीको पक्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेका छन्।
ट्रम्पले भनेका छन्,‘इरानका साहसी नागरिकहरु, म राष्ट्रपति बनेदेखि नै तपाइँहरुको साथमा छु। मेरो सरकार तपाइँको साथमा रहनेछ। हामीले तपाइँहरुको प्रदर्शनमा ध्यान दिएका छौं। तपाइँहरुको साहसले हामी प्रेरित भएका छौं।’
इरानी नागरिकले देशका दुई ठूलो विश्वविद्यालय अगाडि प्रदर्शन गरेको बीबीसीले जनाएको छ। प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेका छन्।
— Donald J. Trump (@realDonaldTrump) January 11, 2020To the brave, long-suffering people of Iran: I've stood with you since the beginning of my Presidency, and my Administration will continue to stand with you. We are following your protests closely, and are inspired by your courage.
विमानमा क्षेप्यास्त्र आक्रमण गरिनुको कारण
इरानी सेनाले विमानमा क्षेप्यास्त्र आक्रमण गरिनुको कारणमा शनिबार भनेको थियो,‘आक्रमण झुक्किएर भएको हो।’
‘विमान रिभोलुस्नरी गार्ड्स कोरको बेस क्यामप नजिक आएको थियो। यस्तो अवस्थामा मावनीय भूल हुन पुग्यो र विमानमा क्षेप्यास्त्र प्रहार भयो।’ इरानी सेनाले आफ्नो बयानमा भनेको थियो,‘यस घटनामा जसको गल्ती भएको छ उमाथि कानुनअनुसार कारवाही हुन्छ। यस्ता गल्ती नदोहोर्याउन सेनाले सबै सैन्य समूहमा व्यापक सुधार ल्याउने छ।’

‘इरानी सेनाले अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि अमेरिकी विमान इरानको सीमा तिर उडेको थियो। यस्तैमा इरानी सेनाले आफ्नो सैन्य क्याम्पमा विमान आएको देखेपछि इरानको कैयौं रक्षा प्रणाली सक्रिय भएको थियो। सोही अवस्थामा युक्रेनियन विमानले उडान भरेको रहेछ। त्यही विमान आइआरजीसी सैन्य शिविर नजिक आउँदा भूलबस उक्त विमानमा आक्रमण भयो।’ सेनाको बयानमा भनिएको थियो।
अमेरिकी फाइटर प्लेन सम्झिएर इरानले युक्रेनियन विमानमा आक्रमण गरेको इरानी सेनाको बयानमा प्रस्ट हुन्छ।
Shares

प्रतिक्रिया