राजनीति


प्रदेश ३ को स्थायी राजधानी हेटौँडा तोकियो, पक्षमा १०५ र विपक्षमा ३ मत

प्रदेश ३ को स्थायी राजधानी हेटौँडा तोकियो, पक्षमा १०५ र विपक्षमा ३ मत

नेपालखबर
पुस २७, २०७६ आइतबार ६:६,

प्रदेश ३ को स्थायी राजधानी मकवानपुरकाे हेटौँडा कायम भएको छ।

आइतबार बिहान बसेको प्रदेशसभाको बैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा कायम गर्ने निर्णय गरेको हो।

 प्रदेश ३ को राजधानी हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्तावको पक्षमा १०५ मत परेको छ। त्यो मत भनेको प्रदेशसभामा तत्काललाई कायम रहेको दुईतिहाइभन्दा बढी मत हो। उक्त प्रस्तावका समर्थकहरुमा कांग्रेस सांसद इन्द्र बानियाँ, राप्रपा, राप्रपा (संयुक्त) लगायत ६ दलका सांसद थिए।

सो मतदानमा १०८ जना सांसदले भाग लिएका थिए। तीन जनाले भने प्रदेशको राजधानी हेटौँडा हुनु हुँदैन भन्ने पक्षमा मतदान गरे।

दुईतिहाइ भन्दा बढी मत परेपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा दुईतिहाई बहुमतले स्वीकृत भएको घोषणा गरे।

प्रदेशको स्थायी राजधानी तोकिएसँगै प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। आजै बस्ने अर्को बैठकले प्रदेशको नामको टुंगो लगाउने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad