ad ad

राजनीति


सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीले देउवा, नेपाल र पोखरेललाई बुझायो ज्ञापन

सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीले देउवा, नेपाल र पोखरेललाई बुझायो ज्ञापन

नेपालखबर
जेठ १०, २०८० बुधबार १६:५५, काठमाडौँ

प्रदेश सरकारलाई अधिकार दिन माग गर्दै राजधानी आएको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले राजनीतिक भेटघाटलाई तिब्रता दिएको छ।

सो टोलीले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग भेट गरी ज्ञापन पत्र बुझाएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वको टोलीमा प्रदेशका सभामुख, मन्त्रीहरु र प्रतिपक्षी दलका नेता सामेल छन्।

भेटवार्ताका क्रममा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाउन आग्रह गरे। यस्तै समग्र सुदूरपश्चिमको विकासका सवालमा उनले ध्यानाकर्षण गराए।

मुख्यमन्त्री नेतृत्वको टोलीले यसअघि प्रधानमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतसँग भेट गरी प्रदेशका विकास योजनाबारे ध्यानाकर्षण गराएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .