ad ad

समाज


फेरि सुरु भयो भारी वर्षा, मौसमविद् भन्छन्ः अघिल्लो हप्ताजस्तो हुँदैन

फेरि सुरु भयो भारी वर्षा, मौसमविद् भन्छन्ः अघिल्लो हप्ताजस्तो हुँदैन

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८१ बुधबार ९:३०, काठमाडौँ

दुई/तीन कम भएको वर्षा आज (बुधबार) देखि फेरि बढ्दै गएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज बिहान कोसी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भएको छ।

महाशाखाका मौसमविद् गोविन्द झाले बिहान सवा ९ बजेतिर नेपालखबरसँग भने, ‘पछिल्लो ३ घण्टामा कोसी प्रदेशका मोरङ र सुनसरी आसपास क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा भएको छ।’

उनका अनुसार भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव पनि (मनसुनी वायुमा) थपिएकाले नेपालमा वर्षा हुने क्रम पुनः बढेको हो। 

‘त्यो प्रणाली शक्तिशाली हुँदै बिस्तारै उत्तर–पश्चिमतिर (नेपालतर्फ) सर्ने क्रममा रहेकाले आज र भोलि भारी वर्षाको सम्भावना बढेको हो’, मौसमविद् झाले भने, ‘पर्सिबाट फेरि मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना छ।’

उनले यही असोज ११ र १२ गतेजस्तो लगातार र भीषण वर्षा हुने सम्भावना भने नरहेको दाबी गरे। 

‘अघिल्लो हप्ताजस्तो हुँदैन, बिहान मोरङमा पनि २/३ घण्टा पानी पर्‍यो, त्यसपछि रोकियो’, पउनले भने, ‘पानी पर्ने, रोकिने हुन्छ, अहिले आत्तिनुपर्ने अवस्था छैन।’

यसपटक वर्षा देशव्यापी खालको पनि नहुने मौसमविद् झाको भनाइ छ। ‘खासगरी कोसी बागमती र गण्डकी प्रदेशमा अलि बढी पानी पर्ने सम्भावना छ, अरूमा खासै छैन।’ 

अघिल्लो हप्ताको अविरल वर्षाले काठमाडौँ उपत्यकामा पनि ठूलो मात्रामा जनधन क्षति भएको थियो। तर यो पालि उपत्यकामा भारी वर्षाको सम्भावना नरहेको मौसमविद् झाको दाबी छ। 

‘उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखाएको छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .