नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भातृ संस्थाहरूको महाधिवेशनका लागि ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका छन्।
चैत्र मसान्तसम्म अनिवार्य रुपमा महाधिवेशन गर्नेगरी विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्याई आवश्यक निर्देशन दिनका लागि देउवाले समिति गठन गरेको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए।
नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको महाधिवेशनका लागि देउवाले संयोजकसहित तोकेर निर्देशन समिति गठन गरेको पराजुलीे बताएका छन्।
यी हुन् समिति सदस्यहरूः
नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री श्री उमाकान्त चौधरी — संयोजक
२. केन्द्रीय सदस्य श्री पुष्पा भुसाल — सदस्य
३. केन्द्रीय सदस्य श्री रुक्मिणी कोइराला — सदस्य
नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’ — संयोजक
२. केन्द्रीय सदस्य श्री सरिता प्रसाई — सदस्य
३. केन्द्रीय सदस्य श्री जीतजंग बस्नेत — सदस्य
नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री श्री किशोर सिंह राठौर — संयोजक
२. केन्द्रीय सदस्य श्री राजिव ढुंगाना — सदस्य
३. केन्द्रीय सदस्य श्री प्रतिमा गौतम — सदस्य
Shares
प्रतिक्रिया