ad ad

राजनीति


बाढीमा फसेकाको उद्धार गर्न दुःख भयो, पाँच वटा डुंगा किन्छौँ : मेयर महर्जन

बाढीमा फसेकाको उद्धार गर्न दुःख भयो, पाँच वटा डुंगा किन्छौँ : मेयर महर्जन

नेपालखबर
असोज १६, २०८१ बुधबार १९:११, काठमाडौँ

ललितपुर महानगरपालिकाले पाँच वटा डुंगा किन्ने भएको छ।

सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्रीसँगको छलफलका क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो कुरा बताएका हुन्। हालैको बाढी र डुबानमा डुंगा नहुँदा धेरैको उद्धारमा समस्या परेको भन्दै अब महानगरपालिकाले ५ वटासम्म डुंगा किनेर राख्ने बताउँदै उनले जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टिको सम्भावना कुनैपनि बेलामा रहनसक्ने जिकिर गरे। 

‘हाम्रो २९ वटै वडामा भोलिन्टियरहरू छन्, भएर पनि काम नहुँदो रहेछ यस्तो अवस्थामा अब हामी केही नभएपनि ४÷५ वटा डुंगा पनि किनेर राख्छौँ। किनभने मनसुन भनेको नेपालमा १६ सय मिलिमिटर पानी पर्छ वर्षमा,’ उनले भने, mवर्षैपिच्छे मनसुनले बिगार गरेको हामीले देखेका छौँ। यो पटक हामीले डुंगा नभएर साह्रै दुःख पायौँ। अर्को पटक डुंगा नभएर दुःख नपाऔँ। त्यसको निमित्त चाहिने किसिमको व्यवस्थापन हामी गर्छौं,’ उनले भने।

आगामी दिनमा उद्धार र राहत कार्यमा समस्या हुन नदिन डुंगा किनेर राख्ने जानकारी उनले गराएका छन्। विपद्पछि स्वास्थ्यजन्य रोगहरूको समस्या हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न शुद्ध पानीको परिपूर्ति अपरिहार्य रहेको पनि मेयर महर्जनले बताए। 

बाढीका कारण बागमतीमा धेरै जनावरहरु बगेको र चोभारमा अड्किएकाले त्यहीँ खाल्डो खनेर व्यवस्थापन गर्न पहल गरिरहेको जिकिर गरे। 

‘पानी जहाँबाट ल्याएपनि पियुस र अन्य ट्याब्लेटहरु राखेर प्युरिफाइ नगरी पानी नदिनु भनेको छ। पानी दिएर पनि दायाँबायाँ भयो भने महानगरपालिकालाई भक्कुमार गाली गर्छन्। पानीको सन्दर्भमा समस्या हत्पति समाधान हुँदैन। धेरै समय लाग्छ। उहाँहरूले भनेअनुसार नै ६ हप्ता लाग्छ। जनावरहरू बगाएर लग्दा चोभारबाट बाढी निस्केन, त्यही रह्यो, त्यहाँ हाइलीपोलुटेड भइसकेको छ,’ महर्जनले भने, ‘त्यसैले दुई वटा जेसिबी लगाएर त्यहीँ खाल्डो खनेर पुर्नका निम्ति भनिसकेको छु। स्थानीय वडाहरूलाई अधिकार दिएका छौँ। वडा अध्यक्षलाई पूरा अधिकार सम्पन्न गरेका छौँ। त्यहाँ कोही पनि भोका नाङ्गा नहुन् भनेर भनेका छौँ। जेसिबी र डोजर हायर गर्नेसम्मको अधिकार दिएका छौँ। पानी सप्लाइ भएको भए अरु कुरामा समस्या हुँदैन थियो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .