राजनीति


चन्द्र भण्डारीलाई भेटेर ओलीले भने : तपाइँ निको भएर आउनुहुन्छ भन्ने विश्वास थियो

चन्द्र भण्डारीलाई भेटेर ओलीले भने : तपाइँ निको भएर आउनुहुन्छ भन्ने विश्वास थियो

नेपालखबर
जेठ १०, २०८० बुधबार १५:४१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यलाभ गरिरहेका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीसँग भेट गरेका छन्।

बुधबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर सभामुखको कार्यकक्षमा रहेका भण्डारीलाई भेट्न ओली पुगेका थिए।

भण्डारीले आफ्नो स्वास्थ्य लाभको कामना गरेकोमा ओलीलाई धन्यवाद दिए।

उनले भने, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ। गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो। थ्याङ्क यू सो मच।’
भण्डारीले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएको पनि ओलीसँग बताए।

त्यसक्रममा ओलीले भने, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो। निको भएर आएपछि भेट भयो। खुसी लागेको छ।’

भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न पनि ओलीको ध्यानाकर्षण गराए।

सभामुख घिमिरेले एक साताअघि निवासमै गएर भण्डारीसँग भेट गरेका थिए। सभामुखले भण्डारीको इच्छाअनुसार नीति तथा कार्यक्रममा बोल्न विशेष व्यवस्था मिलाएका थिए।

भण्डारीले आज सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै जलन भएयता संसदमा पहिलोपटक सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad