ad ad

राजनीति


संघीय सरकारले प्रदेशलाई भिक्षुकको जस्तो व्यवहार गर्‍यो : मुख्यमन्त्री शाह

संघीय सरकारले प्रदेशलाई भिक्षुकको जस्तो व्यवहार गर्‍यो : मुख्यमन्त्री शाह

नेपालखबर
जेठ ९, २०८० मंगलबार १६:५, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन्।

मंगलवार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री शाहले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाए।

उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गरे। उनले प्रदेश मातहतमा पर्ने राजश्व परिचालन देखि प्राकृतिक स्रोतको परिचालन समेत संघीय सरकारको नियन्त्रणमा रहेर एकाअधिकार जमाएको बताए।

उनले प्रदेश सरकारले राजश्व संकलन गरिदिए अनुदान दिन्छौं भन्दै एकाधिकार जमाएको बताए। उनले प्राकृतिक स्रोत प्रदेश मातहतमा आएपनि स्वीकार गर्न नसकेको बताए।

उनले प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरु केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै प्रदेश र संघीय सरकारबीच अधिकार बाँडफाँटमा लडाइ गर्नुपरेको बताए।

उनले भने, ‘केन्द्र सरकारले राजश्व संकलनका क्षेत्रहरुमा बाँडफाँटमा एककाधिकार गर्यो। असमान वितरण प्रणाली लागू गर्यो। विकासलाई समातामूलक रुपमा गरेन। सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्य भित्र छिर्न पाएनन्। संवैधानिक रुपमा नभए पनि संघीय सरकारले विकास तथा अधिकारीको रुपमा दोस्रो दर्जाका नागरिकका रुपले हेरेको कारण गरिबी जनजीवन हेर्दा नागरिकले नारकीय जीवन बिताउनु पर्ने अवस्था अहिले पनि छ। प्रदेशभित्र रहेका राजश्वका स्रोतहरु केन्द्रले नियन्त्रणमा लिएको छ।’

उनले थपे, भन्सारमा उठेका महशुलहरु केन्द्रमा नै आए अनुदान दिन्छौं भन्ने केन्द्र सरकारले आधिपत्य कायम राख्न खोज्यो। वनका स्रोत केन्द्रले राखेको छ तर प्रदेश मातहतमा आइसकेका छन्। तर त्यसलाई केन्द्रले स्वीकार गर्न सकेको छैन। प्रदेश र संघीय सरकारबीच अधिकारको विषयमा लडाईं रहेको छ। प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरु केन्द्र सरकार प्रति उत्तरदायि छन्। प्रदेश सरकारलाई अधिकार दियौं भनेर ललिपप खुवाए जस्तै छ। संघीय सरकार दाता प्रदेश सरकार भिक्षुक जस्तै भएको कारण संघीय सरकारलाई दबाब दिन थालिएको हो।’

मुख्यमन्त्री शाहले केन्द्र सरकारले राजश्व संकलनका क्षेत्रहरुमा बाँडफाँटमा एककाधिकार गरेको बताए। उनले सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्य भित्र छिर्न नपाएको गुनासो गरे।

मुख्यमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरु योजना माग्दै म‌ंगलबार संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पसेका थिए।

संघीय सरकारलाई योजना माग्न आएको टोलीमा मुख्यमन्त्री शाह, मन्त्रिपरिषद्का सबै सदस्य, सभामुख र प्रमुख प्रतिपक्षी एमालेका नेतासमेत छन्। टोलीमा सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दल एमालेका नेता एवम् निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल पनि थिए।

यो टोलीमा कृषिबाहेकका सबै मन्त्री सहभागी थिए। उनीहरुले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेर विकास योजनाको प्राथमिकतामा राखिदिन आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .