ad ad

कारोबार


योजना माग्दै सुदूरपश्चिमको सिंगै मन्त्रिपरिषद् सिंहदरबार पस्यो

सभामुख र प्रमुख प्रतिपक्षी नेता पनि साथमा
योजना माग्दै सुदूरपश्चिमको सिंगै मन्त्रिपरिषद् सिंहदरबार पस्यो

नेपालखबर
जेठ ९, २०८० मंगलबार १४:१०, काठमाडौँ

बजेट निर्माणले तीव्रता पाउँदै गर्दा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरु योजना माग्दै संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पसेका छन्। 

मुख्यमन्त्री शाह नेतृत्वको टोलीले मंगलबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेको छ। 
संघीय सरकारलाई योजना माग्न आएको टोलीमा मुख्यमन्त्री शाह, मन्त्रिपरिषद्का सबै सदस्य, सभामुख र प्रमुख प्रतिपक्षी एमालेका नेतासमेत छन्। 

टोलीमा सुदुरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दल एमालेका नेता एवम् निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल पनि थिए। 

यो टोलीमा कृषिबाहेकका सबै मन्त्री सहभागी थिए। उनीहरुले उपाध्यक्ष श्रेष्ठलाई भेटेर विकास योजनाको प्राथमिकतामा राखिदिन आग्रह गरेका हुन्। 

भेटमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदुरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गरेका छन्। 

अथाह सम्भावना भएर पनि सुदरपश्चिम पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराएका थिए। 

भेटमा उपाध्यक्ष डा. श्रेष्ठले बजेटमा माग्न सिंहदरबार धाउनु पर्ने बाध्यता अब हटेको बताएका थिए। 

कुनैबेला काठमाडौं आउन भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुदुरपश्चिम टाढा जस्तो लागे पनि अहिले त्यस्तो नरहेको सुनाए। 

सुदूरपश्चिमलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले राम्रै समेटेको भन्दै बजेटले पनि स्थान दिनेमा ढुक्क रहन उनले सुझाव दिए।

‘सिंहदरबारबाट सुदुरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेर नै संघीयता आएको हो’ उनले भने, ‘त्यो कुरा हामी सबैले बुझ्नु पर्‍यो, सुदूर र कर्णालीका योजना सुदूर कर्णालीले नै बनाउने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .