ad ad

राजनीति


प्रचण्डले भने : म जस्तो प्रधानमन्त्री इतिहासमा सितिमिति भेटिँदैनन्

प्रचण्डले भने : म जस्तो प्रधानमन्त्री इतिहासमा सितिमिति भेटिँदैनन्

फाइल तस्बिर


नेपालखबर
जेठ ९, २०८० मंगलबार १४:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सत्ता पक्ष र प्रतिपक्ष दुवैले साथ दिएको बताएका छन्।

गत शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको मंगलबार राष्ट्रियसभामा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

‘सत्ता पक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ म। यस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन’, उनले भने, ‘९९.२५ प्रतिशत सांसदले समर्थन गरेको प्रधानमन्त्री भएको हुँ। त्यही प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछु।’

उनले पुस १० मा सरकार बनेपछि सत्ता पक्ष र प्रतिपक्ष दुवैको साथ पाएको बताउँदै उनले इतिहासमा यस्तो प्रधानमन्त्री इतिसहामा फेरि नभेटिने पनि उनले दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .