ad ad

राजनीति


एमाले महासचिव पोखरेलको आरोप- देउवाले ‘देश डुबाए’, प्रचण्डले ‘लुट मच्चाए’

रास्वपाविरुद्ध कडा कटाक्ष
एमाले महासचिव पोखरेलको आरोप- देउवाले ‘देश डुबाए’, प्रचण्डले ‘लुट मच्चाए’

फाइल तस्बिर : नेकपा एमालेका महासचिव शंकर पोखरेल।


नेपालखबर
जेठ ८, २०८० सोमबार १०:१९, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई क्रमशः ‘लुट मच्चाएको‘ र ‘राष्ट्र डुबाएको’ आरोप लगाएका छन्। 

संसद्‌मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रमको विरोध गरेको भोलिपल्ट (सोमबार) बिहानै प्रमुख प्रतिपक्ष दल एमालेका महासचिव पोखरेलले सत्तारुढ दुई शीर्ष नेताविरुद्ध आक्रोश पोखेका हुन्। सँगैसँगै उनले प्रचण्ड र देउवाका पक्षमा बोल्नेविरुद्ध पनि कटाक्ष गरेका छन्। 

एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहाँ चुकेको छ सरकार? नीति तथा कार्यक्रमले के कुरालाई सम्बोधन गर्नुपर्दथ्यो भन्ने कुरामा विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबालीकन राष्ट्रलाई डुबाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाई दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो कुरा होइन।’

यस्तै उनले ‘पपुलिस्ट पोलिटिक्स’ गर्नेहरू र छोएरै उपचार गर्छु भन्नेहरू एकै भएको टिप्पणी पनि गरेका छन्। यो कटाक्ष खासगरी उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गरेको बुझ्न गाह्रो छेन। 

एमालेले सरकारको नीति तथा कार्यक्रमलाई ‘गतिविहीन दस्तावेज’ भन्दै त्यसलाई खारेजै वा पुनःलेखन गर्नुपर्ने मत राखेको छ। जसमा रास्वपालगायत विपक्षी दलले खासै समर्थन गरेको देखिन्न। 

‘...पुरानो होइन, नयाँ भनेर नीतिविहीन, उद्देश्यविहीन पपुलिस्ट पोलिटिक्स गर्नेहरूले ठीक र बेठीक छु्ट्याउने द्वन्द्वात्मक चेतनाबाट समाजलाई विमुख बनाइरहेका छन्’, एमाले महासचिव पोखरेलले भनेका छन्, ‘यसरी उद्देश्यविहीन पपुलिस्ट कुरा गर्नेहरू र छोएरै उपचार गर्छु भनेर भीड जम्मा गर्ने सीमान्तगुरुमा के अन्तर भयो र? दुवैथरी जनताको निरासको लाभ लिन खोजिरहेका छन्।’

यस्तो अवस्थामा सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छाड्नु नहुने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .