ad ad

समाज


अत्तरिया पुगे पूर्वराजा, दिउँसो धनगढीमा अभिनन्दन गरिँदै

अत्तरिया पुगे पूर्वराजा, दिउँसो धनगढीमा अभिनन्दन गरिँदै

नेपालखबर
जेठ ८, २०८० सोमबार १०:२०, कैलाली

पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज(सोमबार) कैलालीको धनगढीमा अभिनन्दन गरिँदैछ।

दिउँसो ३ बजे धनगढी रंगशालामा राप्रपा र पूर्वराजाका समर्थकहरूले उनको अभिनन्दन गर्ने कार्यक्रम छ।

अभिनन्दन कार्यक्रममा सहभागी हुन उनी अत्तरिया पुगेका छन्। पूर्वराजालाई स्वागत गर्न उनका समर्थकहरू पुगेका छन्। समर्थकहरूको भिडले अत्तरिया-धनगढी-अछाम रोड केहीबेर अवरुद्ध पनि भएको थियो।

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न पुगेका समर्थकहरूले राजतन्त्रको पक्षमा नारा लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .