राजनीति


सभापतिले कुनै योजना ल्याउनुहुन्छ कि भनेर चार वर्ष चुप लागेँ : महामन्त्री कोइराला

सभापतिले कुनै योजना ल्याउनुहुन्छ कि भनेर चार वर्ष चुप लागेँ : महामन्त्री कोइराला

नेपालखबर
पुस २६, २०७६ शनिबार १२:३४,

नेपाल कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताउका छन्।

 शनिबार चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले योजनाविहीन सभापतिले पार्टी हाक्न नसक्ने बताए।

उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गर्दै त्यसका लागि आफू तयार रहेको समेत बताए। ‘म चार वर्षसम्म चुप लागेर बसेको हुँ। पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन’, उनले भने, ‘अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ।’

शुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाइ थियो। ‘अहिलेसम्म संगठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन सकेको छैन’, कोइरालाले थपे।

सभापतिप्रति कडारुपमा प्रस्तुत भएका महामन्त्री कोइरालाले अबका दिनमा कांग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने बताए। सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad