नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले आफ्नो जिल्लाका यानप्रसाद गौतम र राजु भुजेलबारे संसदबाट प्रश्न गरेका छन्।
आफ्नो गृहजिल्लाका पूर्वमाओवादी नेता गौतम र भूजेल सहिद हो कि गद्दार हो? भन्दै सांसद बास्कोटाले प्रश्न गरेका छन्।
‘सरकारले झण्डै ६/७ हजार मान्छेलाई सहिदको सूची निकाल्यो। मेरो जिल्लाका पूर्वमाओवादी नेता यानप्रसाद गौतम सहिद हो कि गद्धार हो? राजु भूजेल सहिद हो कि गद्दार हो?’ संसदको शून्य समयमा बोल्दै बास्कोटाले भने, ‘यसको जवाफ चाहियो। न राज्य जिम्मा लिन्छ न तत्कालिन विद्रोही। यो कसरी निकालियो यो प्रश्न छ।’
उनले पहिला विद्रोहीले धराप थाप्ने भएको भएपनि अहिले सरकारले धराप थापेको पनि बताए।
‘पहिला पहिला विद्रोहीले धराप थाप्थ्यो, अहिले सरकारले थाप्यो। २ सय ५१ जना मान्छेलाई घाइते बनायो धुलिखेलदेखि दिनहुँ। यसको प्रबन्ध गरोस्, या त काम गराओस्,’ बास्कोटाले भने।
साथै, उनले शनिबार (६ जेठ) मा आएको हावाहुरी र पानीले सयौं बिगा रोपनीमा लगाएको किसानको अन्नबाली नष्ट भएको भन्दै त्यहाँ बाली बीमा गर्न माग गरेका छन्।
‘हिजो पाँचखाल नगरपालिकामा परेको पानीले सयौं बिगा रोपनीमा लगाएको किसानको अन्नबाली नष्ट भएको छ। दशौं करोडको क्षति भएको छ। बाली बीमा गरियोस् वा तटबन्धको प्रबन्ध गरियोस्,’ सांसद बास्कोटाले भने।
Shares

प्रतिक्रिया