ad ad

राजनीति


कांग्रेस सांसद गौतमले आठ दिनपछि तोडे भत्किएको पुुलमुनि बसेको अनशन

मन्त्रीसँग ११ बुँदे सहमति
कांग्रेस सांसद गौतमले आठ दिनपछि तोडे भत्किएको पुुलमुनि बसेको अनशन

नेपालखबर
जेठ ६, २०८० शनिबार १७:५२, काठमाडौँ

बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा कांग्रेस नेता सञ्जयकुमार गौतमले आफ्नो आमरण अनशन तोडेका छन्।

बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमले आठौं दिनमा अनशन तोडेका हुन्। 

विकासका लागि भन्दै १५ बुँदे मागसहित भत्किएको पुलमुनि शनिबार साँझदेखि अनशनमा बसेका थिए। 

शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति गरेपछि अनशन तोडेको बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा भत्किएको थियो। सो ठाउँमा नयाँ पुल निर्माणका लागि ५ वर्षभन्दा बढी प्रयास गरेको भए पनि सरकारले कुनै चासो नदेखाएको गौतमको गुनासो छ।

त्यसैगरी गुलरियामा तटबन्धको बाँकी काम नियमित गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना तीन वर्षमा पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ तेलपानी सुर्खेत सडक यसै आर्थिक वर्षदेखि निर्माण सुरु गर्नुपर्ने लगायतका माग राख्दै उनी अनशनमा बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .