ad ad

राजनीति


बजेट विश्वसनीय बनाउन अप्रिय कदम चालौं : सांसद वाग्ले (भिडिओ)

बजेट विश्वसनीय बनाउन अप्रिय कदम चालौं : सांसद वाग्ले (भिडिओ)

शनिबार अर्थ समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्ले।


नेपालखबर
जेठ ६, २०८० शनिबार १८:७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन्। 

शनिबार अर्थ समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। कागजपत्र, नियमावली संशोधन र सके संवधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको उनको भनाई थियो। 

उनले अहिले गल्ती गर्नेहरुलाई समात्न पनि अफ्ठ्यारो हुनेगरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे।

‘यो देशमा पोलिसी करप्शन बढ्यो। यसरी गरिन थाल्यो की अब त कागजपत्र मिलाएर नियमावली संशोधन गरेर उस्तै परे ऐन नै संशोधन गरेर सामथ्र्य भए त संविधान नै संशोधन गरेर पनि करप्शनलाई लिगलाइज गर्ने गरेर गएको छ हामीले हाक्काहाक्की अभियुक्त गल्ती गर्नेहरुलाई पक्रन पनि गाह्रो हुने गरेर यो अघि बढेको छ,’ सांसद वाग्लेले भने।

भिडिओ:

उनले अर्थसम्बन्धीत विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै उनले नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताए। नीतिगत भ्रष्टाचारमाथि प्रहार गर्न आवश्यक रहेको उनको भनाई थियो। 

‘धेरै कुराहरु अर्थमन्त्रालयमा नै गएर ठोक्किने भएकाले यसमा पनि केही सोच यहाँले सार्नुहोला। लाइसेन्सिङ र पोलिसी करप्शनलाई यहाँले प्रहार गर्नुहोला। बजेटको आकार विश्वसनीय भएको छैन, यसमा अप्रिय निर्णय गरिदिनुहोला,’ उनले भने, ‘समग्र बजेटको विश्वसनियतामा कस्ता कस्ता अंकहरुको तोक्नुहुन्छ भन्नेकुराले तय गर्छ। अनुदान छ्याप्पै सुकेको छ। बजेट विश्वसनिय बनाउने हो भने अलिकति अप्रिय निर्मम कदम चालिदिनुहोला।’

सांसद वाग्लेले बजेट विश्वसनिय बनाउने हो भने अप्रिय र निर्मम कदम चाल्नुपर्ने भनाई राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .