ad ad

राजनीति


नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैको बचाऊ गर्ने अवस्था छैन : सञ्चारमन्त्री शर्मा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैको बचाऊ गर्ने अवस्था छैन : सञ्चारमन्त्री शर्मा

नेपालखबर
जेठ ६, २०८० शनिबार १५:४, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छिन्।

नेपाल सरकारका प्रवक्ता समेत रहेकी उनले सरकारले आफैं भित्र त्यो देखिएपनि त्यसलाई कारबाही गरेर अघि बढने संकल्प लिएको पनि स्पष्ट पारिन्।

प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दावी समेत गरिन्। 

मन्त्री शर्माले माओवादी मन्त्रीहरुले विगत र अहिले पनि अरु दलका मन्त्रीहरूले भन्दा रामो काम गरिरहेको जिकीर पनि गरिन्। 

‘अहिले सरकारले राम्रो सुरुवात गरेको छ। अस्ती हाम्रो प्रधानमन्त्रीले प्रश्नोत्तरको बेलामा बोल्नुभयो। त्यो बोलिरहँदा एउटा कन्डिशन के देखियो भने हिजोदेखि अहिलेसम्मका सरकार हेरौं,’ उनले भनिन्, ‘हिजो केपी ओलीले नेतृत्व गर्दाहोस्, शेरबहादुर देउवाले नेतृत्व गर्दाहोस्। जसले नेतृत्व गर्दाहोस–माओवादी मन्त्रीहरू त्यतिधेरै बदनाम छैनन्।’

बदमासी माओवादी पार्टीबाट मन्त्री बनेकाहरुले पनि गरेको हुन सक्ने स्वीकार गर्दै उनले अरु दलका मन्त्रीहरुको तुलनामा भने कम गल्ती गरेको बताइन्। 

‘राम्रो परिणाम हामीले कति निकाल्न सक्यौं, त्यो एउटा कुरा होला। तर बदमासी गरेको भन्ने कुरा अरुका तुलनामा छैनन्। यो कुरा पनि हाम्रो सकारात्मक हो,’ उनले भने, ‘जे जति राम्रा काम भएका छन। ती माओवादी मन्त्रीकै कारण बढी भएका छन फेरी। अरुले गर्दै गरेनन्। मैले यसो भन्न खोजिराखेको छैन।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकाल बढी सुझबुझपूर्ण ढंगले अघि बढाएको भन्दै प्रशंशा समेत गरे।

‘अहिले हेर्नु भयो भने पनि अहिले त झन प्रधानमन्त्रीज्यूले हिजो दुई कार्यकालबाट थप सिकेर, बीचको कार्यकाल त त्यस्तैत्यस्तै भयो। पहिलो कार्यकाल सिक्ने क्रममा नै थियौं,’ उनले भने, ‘यो तेस्रो कार्यकाल बढि परिपक्वताका साथ, एकदमै बढि सुझबुझका साथ र स्टेप लिईसकेपछि पछाडि नर्फकने गरेर जसरी कामहरु सूरुवात भएका छन।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले चालेको कदमको उनले प्रशंसा गरिन्। 

‘बदमासीका लागि जनयुद्धका बेला अध्यक्ष प्रचण्डले भन्नु हुन्थ्यो–आफ्नो टाउँकामा आफैं आगो लगाउने भन्नु हुन्थ्यो। हामी आफैंले आफैंलाई आगो लगाउन तयार भएनौं भने अरु विकृतिमाथि हामी आगो लगाउन सक्दैनौं,’ उनले भनिन्, ‘त्यसकारण अहिले जेजति स्थिति बनेको छ। अहिले सरकारले राम्रो पहलकदमी लिएको छ। राम्रा कामहरु गरेको छ। तर ती कामहरुको प्रचारप्रसार व्यवस्थित ढंगले हुन सकेको छैन।’

मन्त्री शर्माले सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारको काम गरिदिन पनि सञ्चार माध्यामहरुलाई आग्रह गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .