ad ad

राजनीति


नीति तथा कार्यक्रममाथि आइतबार संसद बैठकको सुरुमा ओलीले धारणा राख्ने

नीति तथा कार्यक्रममाथि आइतबार संसद बैठकको सुरुमा ओलीले धारणा राख्ने

नेपालखबर
जेठ ६, २०८० शनिबार १५:१३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार (७ जेठ) को प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। 

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुराको जानकारी गराएका हुन्। 

सरकारले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुअघि ओलीले संसदमा आफ्नो धारणा राख्न लागेको बताए। 

‘हिजो प्रस्तुत भएको र भोलिबाट छलफल सुरु हुने नीति तथा कार्यक्रमको बारेमा संसद बैठकको प्रारम्भमा नै मैले धारणा राख्नेछु,’ ओलीले भने।

पार्टी संसदीय दलको तर्फबाट नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राख्ने उनले बताएका छन्। 

त्यसअघि शनिबार संसदीय दलको बैठक राखेर एमालेले नीति तथा कार्यक्रममाथि धारणा तय गरिन लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .