धनुषाको विदेह नगरपालिका १ ठाडीझिजाको सुकुम्वासी बस्तीमा तत्काल डोजर नचल्ने भएको छ।
विदेह नगरपालिकाका मेयर बेचन दासले सुकुम्वासीहरुको व्यवस्थापनविना बस्ती खाली गराउन नहुने अडान लिएपछि बस्ती उजाडिनबाट जोगिएको हो।
कुल १६ सुकुम्वासी परिवारको बसोबास रहँदै आएको सो बस्ती जिल्ला अदालत धुनुषाको आदेशमा खाली गर्न लागिएको थियो।
शनिबार बस्ती खाली गर्नका लागि जिल्ला अदालतको टोली प्रहरी प्रशासनसहित डोजर लिएर पुगेपछि बस्तमिा त्रास छाएको थियो।
डोजर र प्रहरी प्रशासन पुगेपछि भएको सर्वपक्षीय छलफलमा मेयर दासले सुकुम्बासीको व्यवस्थापन विना बस्ती खाली गर्न नहुने बताएका थिए। ठाडीझिजा प्रहरी चौकीमा मेयर दाससँगै राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख वीरबहादुर मगर, इन्सेकका प्रदेश २ संयोजक राजु पासवान, अदालतका प्रतिनिधि, प्रहरी प्रतिनिधि, स्थानीय अगुवा र पीडित पक्षका अगुवाबीच भएको सर्वपक्षीय छलफलमा मेयरले कुनै पनि हालतमा डोजर चलाउन नदिने बताएका थिए।
डोजर चलाउन रोकेपछि सुकुम्वासी बस्तीका बासिन्दासँग मेयर बेचन दास (दायाँबाट पहिलो_
‘डोजर नै चलाउने हो भने पहिला बस्तीवासीको व्यवस्थापन गर्नुहोस्’, मेयर दासले भने, ‘व्यवस्थापनविना म कुनै पनि हालतमा बस्तीमा डोजर चलाउन दिन्नँ।’उनले सुकुम्वासीको व्यवस्थापनको अडान लिएपछि तत्कालका लागि डोजर चलाउने कार्य रोकिएको हो।
मानवअधिकार आयोग र इन्सेकका प्रमुखले पनि व्यवस्थापनविना बस्तीमा डोजर चलाउन नहुने प्रतिक्रिया दिएका थिए।
बस्ती खाली गर्नका लागि जिल्ला अदातलमा मुद्दा दर्ता गर्ने रामसागर ठाकुर विदेह नगरपालिका वाड नम्बर १ अध्यक्ष रामवृक्ष ठाकुरका आफ्नै भाइ हुन्। तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष ठाकुरले चुनावका बेला आफूले जिते सुकुम्वासीको समस्या हल गर्ने मुद्दा फिर्ता गर्ने प्रतिवद्धता व्यत्तः गरेका थिए। चुनाव जेतपछि उनले आफूलाई वास्ता गर्न छाडेको र मुद्दा दर्ता गर्ने भाइकै पक्षमा लागेको पीडित पक्षले आरोप लगाएको छ।
विवादित पर्खाल। यसैको कारण वडाध्यक्षका भाइ रामसागर ठाकुरले अदालतमा मुद्दा दिएका थिए।
रामसागर ठाकुरले आफ्नो जग्गा कम्याउन्ड गर्ने क्रममा सुकुम्वासीहरु बसेको बस्ती मिच्न थालेपछि भएको सामान्य विवादलाई अदालत पु¥याएको स्थानीयले बताएका छन्।
यता अदालतका प्रतिनिधिले भने अदालतको फैसला कार्यान्वयन गराउनु आफूहरुको दायित्व रहेको र यसअधिनै बस्ती खाली गर्न सूचना समेत जारी गरिएको बताएका थिए।

प्रतिक्रिया